नेपालको हिमाली जातिहरु मध्ये श्युबा जाति पनि एक हो।  स्‍युबा भाषिक समुदाय एक लोप उन्‍मुख जाति भाषा समुदाय मध्‍य एक हो। यिनिहरुलाई कागते पनि भन्दै आएको छ ।  स्‍युबा आफ्‍नै भाषाबाट र कागेते नेपाली भाषाबाट भनिएको हो। स्‍युबाहरुको पहिचान नेपालको जनकपुर अन्‍चल रामेछाप जिल्‍लाको विभिन्‍न पांच (५)गा वि स हरुमा  भएता पनि स्‍युबाहरु नेपालको अरु भुभागहरुमा पनि वसोवास गरेको अनुमान गर्न सकिन्‍छ। किन भने पहिला स्युबा जातिलाई सरकार र आर्यानहरुले डोमिनेट गर्ने भोटे भनेर हेपिने हुंदा तिनिहरुले आफ्‍नो वास्‍ततिक पहिचान लुकाएर वसेको पाईन्‍छ। हाम्रो भाषा समुदाय विभिन्‍न जिल्‍लाहरुमा गुरुङ,घले,तामाङ, केसी जस्‍ता थर राखेर लम्‍जुङ,गोर्खा,जस्‍ता विभिन्‍न जिल्‍लाहरुमा बस्‍दै आएको तथ्‍यहरु पनि रहेको छ। हल पहिचानमा रहेको रामेछाप जिल्‍लाको विभिन्‍न गा वि स हरु जस्‍तै-दुरागाउ,नामाडी,रस्‍नालु,भुजी र सैपु गरी ५ ओटा गा वि स मा वसोवास गर्दै आइरहेको छ। त्यसैगरि तातोपानी  तथा काठमाण्‍डौमा पनि रहेको रहेको छ साथै भारतको सिक्‍किम,दार्जिलिङ र कालेबुङमा पनि स्‍युबाहरु यहांबाट वसाई सरी  गएर बसेको छ।   सबैलाई मध्‍य नजर गर्दै स्‍युबाहरुको जनसङ्‍ख्‍या करिब ३००० हजार जना भन्‍दा बढि रहेको अनुमान छ। स्युबा भाषाको शब्दकोषको लागी यहाँ थिच्नुहोस ।

 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.